प्रलेस, गण्डकीको तेस्रो सम्मेलनबाट नयाँ कार्यसमिति चयन (फोटो फिचर)


पोखरा९ चैत । प्रगतिशील लेखक सङ्घ गण्डकीको २०८१ चैत ९ गते पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटासचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई जिम्मेवारी दिएको छ ।त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेललमजुङ अध्यक्ष बासुदेव थापातनहुँ अध्यक्ष विनोदकुमार विकस्याङजा अध्यक्ष अनन्त अर्यालकास्की अध्यक्ष छवि सुवेदी विजयीनवलपुर अध्यक्ष काशीराम गैरेपर्वत अध्यक्ष आनन्द रिमालवाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला गाउँले पदेन सदस्य नियुक्त भए ।

त्यसैगरी अधिवेशनले बाबुराम सुवेदीश्रीभद्र पौडेलभोलाप्रसाद बस्ताकोटीनारायण लम्सालयुवराज पौडेलशम्भु अर्यालअर्जुनप्रसाद सुवेदीलोकनाथ पुडासैनीरञ्जना खत्रीभरत बाग्लुङेगणेश अधिकारीछन्दमणि त्रिपाठीनिर्मल पौडेललक्ष्मी सिग्देलनेपालप्रकाश अधिकारीशोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ ।

अधिवेशनकै बिच सङ्घको आवधिक प्रकाशन गण्डक आलोक भाग २ निबन्ध विशेषाङ्कको परिचर्चा भयो । त्यस्तै सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई गण्डक साहित्य पुरस्कारबाट सम्मानित गरियो ।

अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिँदै साहित्यकारले आफ्ना सिर्जनामा निखारता ल्याउनुपर्ने औँल्याए । उनले स्रष्टाले आफू कति प्रगतिशील भएँ भनेर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै नेपालको वामपन्थी आन्दोलनलाई चलायमान बनाउन प्रगतिशील लेखक सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको औँल्याए ।

त्यस अवसरमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्माएमाले गण्डकीका सचिव धनञ्जय दवाडीक्रान्तिकारी कम्युनिस्ट पार्टीका नारायण अधिकारीनेपाल कम्युनिस्ट पार्टीका सावित्रा दुरापृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा. यमनाथ तिमिल्सिनाराष्ट्रिय जनमोर्चा, कास्कीका अध्यक्ष शङ्कर बरालमार्क्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटीवामपन्थी बुद्धिजीवी रामराज रेग्मी, लगायतले प्रगतिशील लेखनको महत्त्वमाथि प्रकाश पारे ।

सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष धुव्रलाल शर्माले स्वागत कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम सञ्चालन गरे । अधिवेशनले अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मल सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।




























Post a Comment

أحدث أقدم